• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

भारतको राजधानीमा अहिलेसम्मकै उच्च तापक्रम



एजेन्सी । भारतको राजधानीको मुंगेशपुर क्षेत्रमा अहिलेसम्मकै उच्च तापक्रम ५२.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी)का अनुसार मुंगेशपुरको मौसम केन्द्रमा दिउँसो २ः३० बजे ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको हो ।

गत मंगलवार मुंगेशपुर र नरेलाको अधिकतम तापक्रम ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस थियो । केही दिनहरूमा अधिकतम तापक्रम क्रमशः बढ्दै गएको र रातको तापक्रममा लगातार वृद्धि भएको छ ।

भारतका ठूला भागहरू अहिले गम्भीर गर्मीको लहरको चपेटामा छन् । जसले मानिसहरूको स्वास्थ्य र जीविकोपार्जनमा गम्भीर असर पारेको छ । गर्मीको लहरका कारण दिल्ली सरकारले पाइपबाट पानी आपूर्तिमा रोक लगाएको छ ।

दिल्लीको पानीको मुख्य स्रोत यमुना नदीमा पानीको स्तर कम भएका कारण यो कदम चालिएको हो ।