• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

नक्सा छापेपछि सरकार ढाल्ने खेल सुरु भयो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नक्सा छापेपछि धेरैलाई छटपटी भई सरकार ढाल्ने खेल सुरु भएको दाबी गर्नुभएको छ । 

राष्ट्रिय सभाको बैठकलाई सम्बोधन  गर्दे प्रधानमन्त्री ओलीले बिकास देखिनसहेकाहरुले षडयन्त्र गरेर काम गर्न नदिएपछि जनतामा जाने निर्णय लिएको दाबी गर्नुभयो । 

सरकारले गरेको कामको फेरिहस्त प्रस्तुत गर्दे प्रधानमन्त्री ओलीले बिकास देखेर आफनोदलका नेताहरु नै आत्तिएको बताउनु भयो । उहाले भन्नुभयो यो गतिमा बिकास नेकपालका कुनै सरकारले गर्न सकेको थिएन ।