२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष पद दान होइन, कमण्डलुमा थापेर पाइने : प्रधानमन्त्री



अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी ओलीले नेकपाको अध्यक्ष पद कमण्डलुमा मागेर पाइने कुनै दान नभएको बताएका छन् ।  आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने– नेकपाको अध्यक्ष पद दान होइन कमण्डलुमा मागेर सुका मोहर सिक्काजस्तै पाउने, यसको पनि विधि हुन्छ, विधिबाट मात्र हुन सक्छ, यसै सुम्पन सकिँदैन । 

प्रधानमन्त्री ओलीको यो व्यङ्ग्य नेकपाका अर्का अध्यक्ष प्रचण्डप्रति लक्षित थियो । उनले प्रचण्ड र माधव नेपालले देशमा अस्थिरता मच्चाउन लागेको आरोप पनि लगाए । आफूले चुनाव गर्न लागेको तर चुनावलाई नै अस्थिरता भनेर उनीहरु कुर्लिरहेको ओलीको आरोप थियो ।

उनले दाहाल-नेपाल समहूलाई बाह्य शक्तिको आडमा गोटी बनेर राजनीतिक अस्थिरता मच्चाएको र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएर निरीह बनाउने काम गरेको आरोप लगाए ।  तर आफूले चालेको कदम स्थिरताको लागि भएको उनले बताए । पाँच वर्ष राम्रोसँग सरकार चलाउन पाए हुन्थो भन्ने भए पनि भारी मन लिएर संसद विघटनको निर्णय लिएको उनले बताए । 

उनले देशमा सञ्चारमाध्यम आफूप्रति पूर्वाग्रही भएको असन्तुष्टि पनि पोखे । उनले भने, मिडियामात्र होइन यो देशका बुद्धिजीवी पनि पूर्वाग्रही छन् ।