• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

छक्कापञ्जा–५ को सुटिङ सुरु



काठमाडौँ । बहुप्रतीक्षित चलचित्र ‘छक्कापञ्जा ५’को सुटिङ सुरु भएको छ । शुक्रबार निर्देशक दीपाश्री निरौलाले चलचित्रको सुटिङ सुरु भएको जनाएकी छिन् ।

विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको थियो । चलचित्रमा वर्षा सिवाकोटी, दीपकराज गिरी र केदार घिमिरेको मुख्य भूमिका रहेको छ । फिल्मका अन्य कलाकारबारे भने सार्वजनिक गरिएको छैन ।

काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुने जनाईएको छ । चलचित्रले अर्थ सामाजिक आयामलाई व्यङ्ग्यमा उतार्ने छ ।

आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा सो चलचित्र निर्माण गर्न लागिएको हो ।