• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

सन्दीपले विश्वकप गुमाउने



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप गुमाउने भएका छन् ।

अमेरिकी दूतावासबाट दोस्रो प्रयासमा पनि भिसा पाउन नसकेपछि सन्दीपले विश्वकप गुमाउने पक्का भएको हो । बिहीबार सन्दीपलाई दोस्रो पटक अन्तर्वार्ताका लागि बोलाइएको थियो ।

इएसपिएनक्रिकइन्फोले सन्दीपबारे समाचार प्रकाशित गर्दै विश्वकप गुमाउने उल्लेख गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुन लागेको टी–२० विश्वकप यही आइतबारदेखि सुरु हुँदैछ ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालसँगै दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि छन् ।

नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।