• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

काभानीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास



काठमाडौँ । उरुग्वेका फरवार्ड एडिनसन काभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

कोपा अमेरिका अघि काभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीया काभानीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरे ।

काभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा चार विश्वकपमा सहभागिता जनाएका उनले एक कोपा अमेरिकाको उपाधि र ५८ गोल गरेका छन् ।

उनी हाल अर्जेन्टिनाको बोका जुनियर्समा क्लबबा फुटबल खेल्दै छन् ।

काभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर युनाइटेडलगायत युरोपका शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।