१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

ओमिक्रोन भेरिअन्टविरुद्ध नयाँ खोप परीक्षण गर्दै फाइजर र बायोन्टेक

ओमिक्रोन भेरिअन्टविरुद्ध नयाँ खोप परीक्षण गर्दै फाइजर र बायोन्टेक
अ अ+ अ-

बीबीसी । फाइजर एन्ड बायोन्टेकले कोभिडको नयाँ भेरिअन्ट ओमिक्रोनलक्षित खोपको क्लिनिकल परीक्षण सुरु गरेका छन्।

उक्त कम्पनीहरूले बुस्टर मात्रा अनि खोप नलगाएका मानिसहरूमा तीन वटा फरक मात्रा दिएर नयाँ खोपबाट प्राप्त हुने सुरक्षाको परीक्षण गर्ने योजना बनाएका छन्।

अमेरिकामा हुने सम्भावना रहेको परीक्षणमा १,४०० भन्दा बढी वयस्कहरू सहभागी हुने अपेक्षा गरिएको छ।

अमेरिकी कम्पनी मोडर्नाले पनि छिट्टै ओमिक्रोन लक्षित खोपको परीक्षण सुरु गर्ने योजना बनाइरहेको छ।

त्यस्तै अक्सफर्ड विश्वविद्यालय र आस्ट्राजेनेकाले पनि नयाँ खोपका लागि काम गर्न सुरु गरेका छन्।

तीब्रता
कोभिडका नयाँ भेरिअन्टहरू उत्पन्न हुन थालेसँगै खोप उत्पादकहरूले कोरोनाभाइरस विरुद्ध विकाश गरिएको खोपमा केही परिवर्तन गर्ने योजना बनाइएका थिए।

तर पछिल्लो दुई महिनामा देखा परेको तीव्र गतिमा फैलन सक्ने ओमिक्रोन भेरिअन्टका कारण उनीहरूले त्यो प्रक्रियालाई तीव्रता दिएका छन्।

कैयौँ राष्ट्रहरूले हाल उपलब्ध खोपको बुस्टर वा तेस्रो मात्रा उपलब्ध गराइरहेका छन्।

र त्यसले गम्भीर बिरामी पर्न वा मृत्यु हुनबाट ओम्रकोनको हकमा समेत निकै राम्रो सुरक्षा प्रदान गरिरहेका छन्।

तर कोभिडबाट सङ्क्रमित नै नहुने वा मन्द लक्षण विरुद्ध सुरक्षा भने निकै कम छ र त्यो छिट्टै घट्न सक्छ।

'अत्यावश्यक'

बायोन्टेकका प्रमुख कार्यकारी अधिकृत तथा सह(संस्थापक प्राध्यापक उहर साहिनले नयाँ डेटाले 'सङ्क्रमण विरुद्ध अनि मन्द देखि मध्यम रोग विरुद्ध खोपले दिएको सुरक्षा विगतका स्ट्रेनको तुलनामा धेरै चाँडो घट्ने' सङ्केत गरेको बताए।

'यो अध्ययन हाम्रो विज्ञानमा आधारित खोप विकास गर्ने दृष्टिकोणको हिस्सा हो जसले ओमिक्रोनविरुद्ध पहिलेको भेरिअन्टमा जस्तै सुरक्षाको समान स्तर तर लामो अवधिको सुरक्षाको साथ प्राप्त गर्छ,' उनले भने।

फाइजररबायोन्टेकले यो वर्ष कोभिड-१९ विरुद्ध खोपका चार अर्ब मात्रा उत्पादन गर्ने अपेक्षा गरेको बताएका छन्।

परीक्षणले आवश्यक रहेको देखाएमा यो सङ्ख्यामा परिमार्जन गरिएका खोपका मात्रा पनि समावेश हुनेछन्।

परीक्षण
नयाँ खोपको परीक्षणका क्रममा ६१५ जना वयस्कहरूले फाइजरर बायोन्टेकले हाल उपलब्ध गराइरहेको खोपको दुई मात्रा प्राप्त गर्नेछन्।

त्यसपछि उनीहरूले ओमिक्रोनलक्षित खोपको एक मात्रा प्राप्त गर्नेछन्।

त्यस्तै ६०० जना समावेश अर्को समूहमा हाल उपलब्ध खोपको तीन मात्रा लगाइसकेकाहरूलाई ओमिक्रोनलक्षित खोप दिइने छ।

र २०० जना समावेश अर्को एक समूहका खोप नलगाएका वयस्कहरूले भने ओमिक्रोन लक्षित खोपको तीन मात्रा प्राप्त गर्नेछन्।