१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अचाक्ली गर्मी बढेपछि रौतहटका चार पालिकामा विद्यालय बन्द



अ+ अ-

रौतहट । गर्मी अत्यधिक बढेपछि रौतहटका चारवटा पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ ।

गर्मीका कारण पठनपाठनमा समस्या भएपछि गौर, कटहरिया, ईशनाथ र गरुडा नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि बर्खे बिदाबाट कट्टा हुनेगरी जेठ १८ गतेसम्मको लागि बिदा दिइएको गौर नगरपालिकाका मेयर शम्भु साहले बताए।

रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिनसम्म गर्मी उच्च हुने अनुमान गरिएको छ।

महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ।