२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

स्वास्थ्यसम्बन्धी सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आग्रह

स्वास्थ्यसम्बन्धी सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आग्रह
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगसमक्ष जनताको न्यूनतम मानवअधिकारको रक्षाका निमित्त सरकारलाई सचेत गराउन माग गरिएकोछ । 

स्वतन्त्र नागरिक समाजका तर्फबाट प्रकाश रायमाझी, धार्मिक एवं सामाजिक अभियन्ता विश्वभक्त बाबा र सामाजिक अभियन्ता सुलोचना थापाले आज आयोगलाई एक पत्र लेख्दै दिन प्रतिदिन बढ्दै गएको कृत्रिम महँगी कालोबजार जस्ता मानवीय मूल्यमान्यतासँग जोडिएका विषयमा आयोगसमक्ष सुशासनको प्रत्याभूति गराउन तत्काल क्रियात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । 

उहाँहरुले मानिसले बाँच्न पाउने नैसर्गीक अधिकारको समेत सरकारले बेवास्ता गरेको चुनौतीपूर्ण परिस्थितिमा जीवन निर्वाह गर्न बाध्य भइरहेको भन्दै नागरिकलाई कोरोनाको सामान्य औषधि सिटामोलसमेत बजारमा अभाव भएको र सरकार अस्पतालहरुमा सर्वसाधारणले उपचारै पाउन अवस्था नभएको बताउनुभएको छ । 

तेस्रो लहरको कोरोनाको खोप सर्वसाधारणलाई सरल ढङ्गबाट लगाउने व्यवस्था तत्काल गर्नुपर्ने भन्दै उहाँहरुले खोप केन्द्रहरुमा भएको अत्यधिक भिडतर्फ सरकार मौन देखिएकाले आयोगलाई तत्काल मानव रक्षाको विषयमा संवेदनशील बन्न आग्रह गर्नुभएको छ । 

सञ्चारकर्मीहरुलाई स्वास्थ्य उपचार, स्वास्थ्य बीमा र कार्यक्षेत्रमा बिनाअवरोध दैनिक कार्य गर्न पाउन पनि आयोगले वातावरण मिलाउनुपर्ने निवेदनमा उल्लेख छ ।