१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजे : माधव नेपाल(भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको बताउनुभएको छ । 

सोमबार काठमाडौँमा प्रतिनिधि सभा विघटनका विरुद्ध आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले कम्युनिष्ट पार्टी र आन्दोलनलाई सिध्याउन चाहेको बताउनुभएको हो । ओलीको कम्युनिष्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी संगठनलाई भाताभुंग पार्न चाहेको बताउनुभयो ।  प्रधानमन्त्री ओलीको गणतन्त्र, संघीयता, समावेसिता र धर्मनिरपेक्षता प्रति कुनै अपनत्व नभएको उहाँको भनाई छ ।

अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफुहरुलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफुतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकोले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचली विधानसम्मत् चल्ने जानकारी दिएको बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचन सम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरीएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो ।

प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिहरुबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको पनि बताउनुभयो ।