२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वयम्भुमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुस्थित भगवान पाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु बस्ने ३० वर्षीय विकास नेपाली रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज ठक्कर दिँदा निज नेपाली घाइते भएका थिए, उनलाई उद्धार गरी उपचारका लागि मनमोहन अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।”

ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।