२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

निर्धारित समयभित्रै निर्वाचन हुन्छ : मन्त्री ढकाल

निर्धारित समयभित्रै निर्वाचन हुन्छ : मन्त्री ढकाल
अ अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले निर्वाचनलाई मुख्य फोकस दिएर अघि बढिरहेको बताउनुभएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल निजामति कर्मचारी सङ्गठनका प्रतिनिधिसँगको छलफलमा  उहाँले आगामी वैशाख १७ र २७ गते घोषणा गरेको निर्वाचनलाई सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धताका साथ लागि परेको बताउनुभयो । मन्त्री ढकालले भन्नुभयो, “निर्धारित समयभित्रै घोषित निर्वाचन हुन्छ, अबको मुख्य फोकस चुनावै हो, राज्य अब चुनावी माहोलमा गएकाले तपाईहरुले पनि राज्यको चुनावी अभियानलाई सहयोग गर्नुपर्छ ।”

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोक्नुभएको थियो । नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय भई प्रधानमन्त्रीबाट सिफारिस भए बमोजिम पहिलो चरणमा आगामी २०७८ वैशाख १७ गते र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचनको मिति तोकिएको छ । 

मन्त्री ढकालले राजनीतिभित्रको एउटा कित्तालाई जनभावनाको परीक्षण नगरी सत्ता बाडिचुडी खाने बानीले चुनावी प्रक्रियामा जान डराएर जनताबाट भाग्न खोजेको बताउनुभयो । “चुनावी प्रक्रियामा किन डराउने, पार्टीभित्र झगडा गर्ने बानी परेका ज्येष्ठ नेतालाई तनाव भएको छ, त्यसैले चुनावको सामना गर्न डराएका छन्,” उहाँले भन्नुभयो । 

उहाँले अघिल्लो निर्वाचनमा राजनीतिक स्थिरताका लागि मत मागेर फरक धारमा अघि बढेको शक्तिलाई समाहित गरेर लैजाने अठोटकासाथ लागिएको भएपनि स्थायित्व र स्थिरताको राजनीति नआएपछि अब स्थिरताको पक्षमा बहुमत प्राप्तिका लागि निर्वाचनमा जान लागिएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रका नेताले काम गर्न नदिएपछि प्रतिनिधिसभा भङ्ग गरेर बाध्यात्मक ढङ्गले निर्वाचनको विकल्पमा जानुपरेको उहाँको तर्क थियो । 

प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमलाई तानाशायी र प्रतिगमनको सङ्ख्या दिएर प्रचार गर्नेतर्फ इङ्गित गर्दै उहाँले “जनतामा नजाने कुरो गरेर जसरी पनि नेतृत्वमा रहिरहन खोजियो भनेपो तानाशायी हुन्छ ? तर सार्वभौमसत्ता सम्पन्न जनताको जनमत लिन जान खोज्दा कसरी प्रतिगमन भयो ?” भनी प्रतिप्रश्न गर्नुभयो । नेकपाका अर्का कार्यकारी अध्यक्षको ध्यान नै जसरी पनि नेतृत्वमा जाने देखिएकाले पार्टी एकतालाईसमेत बचाउन कठिनाई भएको उहाँको भनाइ छ । उहाँले सरकारको खुट्टा तानेर पाइला सार्न नदिने अनि दुई तिहाइको सरकारले कामै गर्न सकेन भनेर गलत प्रचार गरी हिँड्ने नेताहरुको प्रवृत्तिले पनि अहिलेको अवस्था आएको दोहोर्याउनुभयो । 

स्वास्थ्य मन्त्रालयको बेथिति : मन्त्री ढकालले असहज अवस्थामा स्वास्थ्यमन्त्रीको आफ्नो पाँच महिने कार्यकाल सफल भएको दाबी गर्दै विधि र पद्धत्तिभन्दा पनि अतिरिक्त स्वार्थको रुपमा लामो समयदेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय रुमलिएको अवस्थामा आफूले सुधारात्मक कार्य गरेको बताउनुभयो ।

मेसिनरी औजार खरिदमा कमिसनको चक्कर आदि कारणले स्वास्थ्य मन्त्रालयको खरिद प्रक्रियामा पनि विकृति बढेको उल्लेख गर्दै उहाँले शुुद्धिकरणको यात्रा आरम्भ गरेको बताउनुभयो ।

मन्त्री ढाकालले मुलुक लकडाउनमा रहेका बेला सामग्री ढुवानी गर्न कठिनाई भइरहेको परिस्थितमा पनि आफ्नो पहल कदमीले कोभिड–१९ सँग सम्बन्धीत औषधिजन्य सामग्री ल्याएर विकसित मुलुकको भन्दा सहजरुपमा व्यवस्थापन गरिएको दाबी गर्नुभयो । सङ्कटपूर्ण अवस्थामा स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दा पनि एकै पटक गाउँपालिकामा अस्पताल उद्घाटन गरेर स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याएको उल्लेख  गर्दै उहाँले शक्तिशाली मुलुकलेसमेत स्वास्थ्य सामग्री नपाएको सन्दर्भमा सरकारले सहजरुपमा सामग्री ल्याएर दायित्व पूरा गरेको बताउनुभयो । 

सरकारले एक चिकित्सक एक स्वास्थ्य केन्द्र पाइलट परियोजनाको शुरुवात गर्नुका साथै मुलुकभरका गाउँपालिकामा पाँच, १० र १५ श्ययाका ३१५ वटा अस्पताल गत मङ्सिर १५ गते एकै दिन उद्घाटन गरेको थियो । -रासस