१ असार २०८३, सोमबार
,
Latest
झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–नेपाल समुहले गर्यो प्रदेश १ का मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समुह प्रदेश १ संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई निलम्बन गरेको छ। सोमबार प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीसहित ८ सांसदलाई निलम्बन गरेको पत्र प्रदेश सभामा दर्ता गराएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमलाई साथ दिएको, पार्टी विभाजन गर्न सक्रिय भएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधिएको र सो अवधिमा जवाफ नदिएका कारण निलम्बन गरिएको संसदीय दलका नेता भीम आचार्यले जानकारी दिए।

निलम्बनमा पर्नेमा मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन्।

संसदीय दलले मुख्यमन्त्री शेरधन राईलाई पठाएको पत्रमा निलम्बन यही पुस २६ गतेबाट लागू भएको उल्लेख गरेको छ। प्रचण्ड नेपाल समूहले निलम्बन गरेका ८ जानै सांसद प्रधानमन्त्री ओली पक्षका हुन्। 




भर्खरै