१८ असार २०८३, बिहीबार
,
Latest
कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छ: उपसभापति डा.वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिनुभएको छ ।

आईतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको भन्दै आगामी वर्षको बजेट अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको व्यवस्थान गर्न र सामाजिक रुपान्तरणकारी बजेट ल्याउन आग्रह गर्नुभयो । उहाँले पूर्वाधारको शिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीति देखि लिएर १६ औं पञ्चवर्र्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनमा धरोहर हामी सबैका प्रेरणा विश्वश्वरप्रसाद कोईराला (बिपी)ले ६५ वर्ष पहिला स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्‍याउनलाई ,यो लजास्पत, यो लजास्पत, यो लजास्पत,औचित्य हिन विरोध प्रति मेरो घोर खेद छ । संसदको ओझ,गरिमा,उपध्यायता असान्र्दभिक बनाउने नेपाली काँग्रेसको कदमप्रति जाने की समाधानतिर जाने हो । ७५ लाख सहकारी बचतकर्ताहरुको बचत राखिएको छ । समाधान उन्मुख हुने हो की ? व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने तिर मुल मुद्धा बनाउने हो । समिति बनाउनको लागि सहमति भएको छ । नेपाली काँग्रेसको औचित्य हिन कर्मकाण्डी विरोधको कुनै सान्र्दभिकता छैन । समिति बनाउन टिओआरमा छलफल चलिएरहेको छ । आर्थिक सिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको बेमेल मिलाउँदै सामाजिक रुपान्तरणको जग अगाडि बढाउने,पूर्वाधारको सिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीतिदेखि लिएर,किसित मुलुकमा स्तर उन्नतीदेखि छिमेकी देशरुसँग पुन:उदयसँग गाँसिने गरेर १६ औं पञ्चवर्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आओस् ।’

उहाँले काँग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गर्नुभयो । उहाँले नेपाली काँग्रेसले विश्वश्वरप्रसाद (बिपी) कोईराला ले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्‍याउन लज्जास्पद र औचित्यहिन बिरोधप्रति गरेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले सहकारीको विषयलाई उठाएर समाधान भन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप लगाउनु भयो ।