• ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
  •   Unicode
Logo
Latest
★   अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुल्यो ★   मधेश र कर्णालीबाहेकका प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन ★   एसिसी महिला एसिया कप: पाकिस्तानसँग नेपाल नौ विकेटले पराजित ★   काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस ★   गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा ★   ‘नयाँ सरकारले जनताको आशालाई विश्वासमा परिणत गर्नसक्छ’ ★   मैत्रीपूर्ण भलिबलमा रसियासँग नेपाल सोझो सेटमा पराजित ★   प्रहरी वृत्त नयाँबानेश्वरलाई एभरेस्ट अस्पतालबाट प्राथमिक उपचारको सामग्री ★   संविधान संशोधन गर्नुपरे सबै दलको सहमति लिने प्रयास हुन्छः योगेश भट्टराई

बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छ: प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताउनुभएको हो ।

उहाँले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताउनु भयो । उहाँले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आईतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरुसँग, प्रतिपक्ष दलका नेताहरुसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमती र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महशुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली काँग्रेसका सभापति लगायतका नेताहरुसँग बुढानिलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतीको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमती र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु । किनकी हामी त्यसको नजिकै छौँ ।’

‘अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानविन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ र संसदीय छानविन समिति बनाउने कुरामा सबैको सहमती भइ नै सकेको छ । अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोली बिहानसम्म सझदारी हुन सक्छ । र प्रधानमन्त्रीको हैसियतले मैले त्यो समझदारी कायम होस् भन्नको निम्ति निरन्तर प्रयास गरेको म जानकारी गराउन चाहन्छु ।’

उहाँले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतीको नजिकै पुगेको जानकारी दिनुभयो ।