काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको समय परिवर्तन गरिएको छ ।
आज बिहान ११:३० बजे बस्नेगरी निर्धारण गरिएको बैठक विशेष कारणबस तोकिएको समयमा बस्न नसकेको संसद् सचिवालयले सूचना जारी गरेर जानकारी दिएको हो ।
राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजै अपराह्न १:१० बजे बस्ने गरी बैठकको समय निर्धारण गर्नुभएको छ ।