१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

संसदीय छानविन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह

संसदीय छानविन समिति बनाउने बाटो खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन बाटो खुल्ला गर्न गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति बनाउन बाटो खुला गर्न आग्रह गर्नुभएको हो । उहाँले छानविन समिति बनाउने सन्दर्भमा गृहमन्त्रीले नेतृत्व गर्नुपर्ने बताउनु भयो । उहाँले छानविन समिति बनाउँदैमा दोषि र निर्दोष नहुने भन्दै निर्दोष भएमा पुन: गृहमन्त्रीको रुपमा आउन सकिने पनि बताउनु भयो । उहाँले नयाँ दलहरु पुरानो दलको विकल्पको रुपमा आएका भन्दै सहकारी प्रकरणले नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षमा एउटा बोली आज सरकारमा अर्को बोली गर्ने हो भने म गृहमन्त्रीलाई भन्न चाहन्छु तपाई हामीलाई हेर्नुस्, जनताले हामीलाई भोट यिनै पुराना दलले काम गरेनन् भनेर यिनीहरुको विकल्पमा हालेको भोट हो । गृहमन्त्रीज्य छानविन समिति बनाउन दिनुस् । खुला गरिदिनुस् । दोषि भए कारबाही होला । निर्दोष भए तपाई फेरी यही संसदमा गृहमन्त्रीको रुपमा अगाडी आउनुहोला । तपाईलाई कसले रोक्न सक्छ ? छानविन समिति बनाउँदैमा दोषि र निर्दोष भन्ने कुरा हुँदैन । तर आज हामी नयाँ शक्तिहरुले पनि नाक देखाउने ठाउँ रहेन । के फरक भयो ? हामी एकछिन इतिहास सम्झौँ त ।’

‘के थियो हाम्रो पार्टी संगठन ? कुन ठाउँमा हामी थियौँ ? जनताले यि पुराना दलहरुले गर्न सकेनन् । विकल्पको रुपमा उहाँहरु जानुपर्छ भनेका हुन् । तर अहिले संसद बाधक बनेको छ । छानविन समिति आवश्यक छ । गृहमन्त्रीज्युलाई भन्छु, अस्ति यहाँनिर बस्दाखेरी गरेको बोली आज त्यहाँनिर बस्दाखेरीको बोली फरक हुनु भएन । छानविन समिति बनाउनुपर्‍यो । गृहमन्त्रीले यसको नेतृत्व गर्नुपर्‍यो । छानविन समिति बनाउनुपर्छ । जनतालाई न्याय दिनुपर्छ ।’

उहाँले प्रतिपक्षमा हुँदा एउटा बोली र सत्तामा हुँदा अर्को बोली नगर्न पनि गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।

नेपाली कांग्रेको नाराबाजीको बिच प्रतिनिधि सभा बैठक चलाइएको छ ।