• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता ★   ‘पार्टीका हरेक सदस्य लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पुर्‍याउन सकिन्छ’ ★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस-नामावली सहित ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ

सिक्किमका कवि सिमियोनले जिते ‘द पोएट आइडल’ सिजन २ को उपाधि



काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका कवि सिमियोन सुकिता राईले जितेका छन् । शनिबार राती भएको फिनाले एपिसोडमा उनले उपाधिसहित नगद १० लाख पुरस्कार जितेका हुन्।

यससँगै सिमियोनले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।

फिनाले एपिसोडमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए । अभिनेता प्रदीप खड्काले कविता वाचन गरेका थिए ।

अमनप्रताप अधिकारीले निर्देशन गरेका ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए ।

पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् ।