२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ४ हजारभन्दा बढीको ज्यान गयो

कोरोना संक्रमणबाट अमेरिकामा एकैदिन ४ हजारभन्दा बढीको ज्यान गयो
अ अ+ अ-

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ४ हजारभन्दा बढी मृत्यु भएको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार कोरोनाका कारण अमेरिकामा ४ हजार १ सय ९७ जनाको मृत्यु भएको हो । मंगलबारको पूरा तथ्यांक आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने सीएनएनले जनाएको छ । अमेरिकामा पछिल्ला केही दिन यता औसतमा ३ हजार २ सय ३३ जनाको कोरोनाबाट मृत्यु भइरहेको छ । त्यस्तै पछिल्ला ७ दिनमा लगातार २ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार मात्रै अमेरिकामा २ लाख ४ हजार ६ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार अमेरिकामा कोरोनाबाट १ हजार ७ सय ३१ जनाको मृत्यु भएको थियो । अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ८० हजार नाघेको छ भने २ करोड २८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना महामारीबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाविरुद्ध दुई वटा खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइएको छ । मोडर्ना र फाइजर–बायोएनटेकको गरी अमेरिकामा २ करोड ५४ लाखभन्दा बढी डोज कोरोना खोप वितरण भइसकेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ९ करोड १५ लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये ५ करोड ५ लाखभन्दा बढी निको भएका छन् । त्यस्तै कोरोनाका कारण अहिलेसम्म १९ लाख ६१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । कान्तिपुर दैनिक