• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु, विजेतालाई १० लाख पुरस्कार



काठमाडौँ । दोस्रो संस्करणको टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच २’ को अडिशन शुरु भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा दोस्रो संस्करणका रूपमा दामी मिडियाले ल्याउने तयारी गरिरहेको जनाइएको छ

पहिलो सिजनको विजेताका रूपमा भाईबर साइमनले उपाधि हात पार्नुभएको थियो । उपविजेता जेनिश क्षेत्री हुनुहुन्थ्यो । विजेताले १० लाख पुरस्कार, विदेशमा प्रस्तुतिको अवसर पाउनेछन् । उपबिजेताले नगद ५ लाख रुपैयाँका साथै विदेशमा प्रश्तुतिको अवसर पाउनेछ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने बताइएको छ ।

३२ एपिसोडसम्म प्रशारण गरिने नेपहपको श्रीपेच –२ को कन्सेप्ट तथा डिजाइन सुदीप पोखरेलले गर्नुभएको हो । यो रियालिटी शोका निर्देशक निकेस खड्का हुनुहुन्छ ।

अघिल्लो संस्करणमा मानस घले, गिरिश खतिवडा र बालेन शाह निर्णायक रहेकोमा यो सिजनमा भने मानस घले, गिरिश खतिवडाको साथमा महेश तामाङ दोङ रहनुभएको छ ।