५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



अ+ अ-

ललितपुर। ग्वार्कोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गए राति बा३ ख ६६२१ नम्बरको टिपरले प्रदेश–२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा ३२ वर्षीय जयनाथ यादव रहेका छन् । सिराहा बरियापट्टि गाउँपालिका–४ घर भएका यादव कोटेश्वरमा बस्दै आएका थिए ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएका यादवको बिएण्डबी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटना गराएर फरार रहेको टिपरलाई टिका भैरवमा समातिएको प्रहरीले जनाएको छ ।