२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने- सङ्घीय मामिलामन्त्री श्रेष्ठ (भिडियो सहित)

स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने- सङ्घीय मामिलामन्त्री श्रेष्ठ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन वटा चरणमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको हो ।

जनप्रतिनिधिहरुले आफूहरुले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरुको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नमिल्ने तर्क समेत उहाँले गर्नु भयो । कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो निर्वाचन मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै निर्वाचनको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘निर्वाचित जनप्रतिनिधिहरुले के भनिरहेका छन् भने हाम्रो कार्यकाल पाँच वर्षको हुनेछ भन्या छ । तर असारको १४ गते भएको दोस्रो चरणको निर्वाचनको त वैशाखमा चुनाव हुँदा त कार्यअवधि पाँच वर्ष नपुग्ने भयो । अनि आश्विनका २ गते भएकाहरुले के भन्ने भो भने हाम्रो त झन पाँच महिना अगावै चुनाव हुने भो जबकि यहाँ पाँच वर्ष भनेको छ, साढे चार वर्षमा चुनाव हुने भो त्यसकारण हाम्रो त कार्यअवधि पुगेन, यस्ता कुराहरु उठेको छ । र त्यस्तो घोषणा भयो भने हामीले पनि कानूनी उपचार खोज्नुपर्ने हुन्छ भनेर पनि भनिरहेको अवस्था छ । यस्तो स्थितिमा सहि समाधान कसरी दिने त भन्ने सन्दर्भमा हामीले अहिले बहस गरिरहेका छौँ । यस बारेमा विभिन्न विज्ञहरु सँग, कानून व्यवसायीहरु सँग छलफल गरिरहेका छौँ । ठोस निष्कर्षमा हामी पुगेका छैनौँ । तर सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुने, साँप पनि मरोस्, लाठि पनि नभाँचोस् त्यस्तो हुन सकोस् भन्नका लागि कसैको पनि पाँच वर्ष भन्दा कम पनि नहोस्, सबैले पाँच वर्ष पुरा गर्न पनि पाओस् संविधान अनुसार । कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने भएन, त्यस हिसाबले सबैको कार्यकाल सकिने तर ६ महिना भित्र पनि पर्ने डेट निर्धारण गर्न गयौँ भने यो सबैलाई मिल्ने हुन्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले तोकेकै मितिमा निर्वाचन हुने उहाँले दाबी गर्नुभयो । उहाँले कतिपय व्यक्तिहरुले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भएपनि गठबन्धन नफुट्ने दावी गर्नु भयो । निर्वाचन अघि वा निर्वाचन पछिसम्म नै कुनै न कुनै रुपको गठबन्धन कायमै रहने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले भन्नु भयो,– ‘प्रधानमन्त्रीले जुन डेट प्रस्तुत गर्नुहुन्छ, त्यही डेटमा चुनाव हुन्छ । गठबन्धनको बैठकमा सरसल्लाह पनि भइरहेको छ । गठबन्धनले जे निर्णय गर्छ त्यो सहमतीमा गर्छ । गठबन्धन फुटिदिए हुन्थ्यो कि, टुटिदिए हुन्थ्यो कि भनेर कतिपय व्यक्तिहरु धमिलो पानिमा माछा मार्न पनि प्रयत्न गरिरहेका छन् । तर पानि धमिलिन्न । अहिले स्वच्छ नै छ । हाम्रो मुहान नै स्वच्छ भएको । प्रतिगमन विरुद्धको संघर्षको क्रममा यो गणतन्त्रलाई जोगाउने, संघीयतालाई जोगाउने, संविधानलाई जोगाउने सन्दर्भमा हामी एकजुट भएको हुँदाखेरी अब गठबन्धन सरकार मात्र होइन, गठबन्धन संस्कार पनि आवश्यकता पर्छ भन्नेकुरा हामी सबैले बुझ्या छौँ । हामी कुनै न कुनै रुपको गठबन्धनबाटै अगाडी बढ्न चाहान्छौँ ।’

मन्त्री श्रेष्ठले जुनसुकै समयमा निर्वाचन गरेपनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरुको दुई तिहाई बहुमत आउने दावी समेत गर्नु भयो । गठबन्धनका लागि जुनसुकै समयमा निर्वाचन गरेपनि प्रतिकूलता नरहेको उहाँले जिकिर गर्नुभयो ।