१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने- सङ्घीय मामिलामन्त्री श्रेष्ठ (भिडियो सहित)

स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने- सङ्घीय मामिलामन्त्री श्रेष्ठ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ । बुधबार काठमाडौंमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन वटा चरणमा भएको निर्वाचनबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने बताउनुभएको हो ।

जनप्रतिनिधिहरुले आफूहरुले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरुको माग अगावै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न नमिल्ने तर्क समेत उहाँले गर्नु भयो । कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो निर्वाचन मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै निर्वाचनको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘निर्वाचित जनप्रतिनिधिहरुले के भनिरहेका छन् भने हाम्रो कार्यकाल पाँच वर्षको हुनेछ भन्या छ । तर असारको १४ गते भएको दोस्रो चरणको निर्वाचनको त वैशाखमा चुनाव हुँदा त कार्यअवधि पाँच वर्ष नपुग्ने भयो । अनि आश्विनका २ गते भएकाहरुले के भन्ने भो भने हाम्रो त झन पाँच महिना अगावै चुनाव हुने भो जबकि यहाँ पाँच वर्ष भनेको छ, साढे चार वर्षमा चुनाव हुने भो त्यसकारण हाम्रो त कार्यअवधि पुगेन, यस्ता कुराहरु उठेको छ । र त्यस्तो घोषणा भयो भने हामीले पनि कानूनी उपचार खोज्नुपर्ने हुन्छ भनेर पनि भनिरहेको अवस्था छ । यस्तो स्थितिमा सहि समाधान कसरी दिने त भन्ने सन्दर्भमा हामीले अहिले बहस गरिरहेका छौँ । यस बारेमा विभिन्न विज्ञहरु सँग, कानून व्यवसायीहरु सँग छलफल गरिरहेका छौँ । ठोस निष्कर्षमा हामी पुगेका छैनौँ । तर सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुने, साँप पनि मरोस्, लाठि पनि नभाँचोस् त्यस्तो हुन सकोस् भन्नका लागि कसैको पनि पाँच वर्ष भन्दा कम पनि नहोस्, सबैले पाँच वर्ष पुरा गर्न पनि पाओस् संविधान अनुसार । कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने भएन, त्यस हिसाबले सबैको कार्यकाल सकिने तर ६ महिना भित्र पनि पर्ने डेट निर्धारण गर्न गयौँ भने यो सबैलाई मिल्ने हुन्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले तोकेकै मितिमा निर्वाचन हुने उहाँले दाबी गर्नुभयो । उहाँले कतिपय व्यक्तिहरुले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भएपनि गठबन्धन नफुट्ने दावी गर्नु भयो । निर्वाचन अघि वा निर्वाचन पछिसम्म नै कुनै न कुनै रुपको गठबन्धन कायमै रहने उहाँले स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले भन्नु भयो,– ‘प्रधानमन्त्रीले जुन डेट प्रस्तुत गर्नुहुन्छ, त्यही डेटमा चुनाव हुन्छ । गठबन्धनको बैठकमा सरसल्लाह पनि भइरहेको छ । गठबन्धनले जे निर्णय गर्छ त्यो सहमतीमा गर्छ । गठबन्धन फुटिदिए हुन्थ्यो कि, टुटिदिए हुन्थ्यो कि भनेर कतिपय व्यक्तिहरु धमिलो पानिमा माछा मार्न पनि प्रयत्न गरिरहेका छन् । तर पानि धमिलिन्न । अहिले स्वच्छ नै छ । हाम्रो मुहान नै स्वच्छ भएको । प्रतिगमन विरुद्धको संघर्षको क्रममा यो गणतन्त्रलाई जोगाउने, संघीयतालाई जोगाउने, संविधानलाई जोगाउने सन्दर्भमा हामी एकजुट भएको हुँदाखेरी अब गठबन्धन सरकार मात्र होइन, गठबन्धन संस्कार पनि आवश्यकता पर्छ भन्नेकुरा हामी सबैले बुझ्या छौँ । हामी कुनै न कुनै रुपको गठबन्धनबाटै अगाडी बढ्न चाहान्छौँ ।’

मन्त्री श्रेष्ठले जुनसुकै समयमा निर्वाचन गरेपनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरुको दुई तिहाई बहुमत आउने दावी समेत गर्नु भयो । गठबन्धनका लागि जुनसुकै समयमा निर्वाचन गरेपनि प्रतिकूलता नरहेको उहाँले जिकिर गर्नुभयो ।