२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुधेर गैँडा म-यो



फाईल फोटो
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको  टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६/१७ वर्षको भाले गैँडा मरेको हो । अर्को गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।
     
गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।  योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् । रासस