• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

सिरोहिया पक्राउविरुद्ध जनकपुरमा नेविसंघको प्रदर्शन



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारासहित प्रदर्शन गरेका हुन् ।

यस्तै, जनकपरको सुकरबारी बजारमा सडक अवरुद्ध गर्दै जनकपुर उद्योग वाणिज्य संघ, व्यवसायी, नागरिक समाज पनि धर्ना बसेका छन् ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालतको आदेशसँगै सिरोहिया मंगलबार थापाथलीस्थित कान्तिपुर कार्यालयबाट पक्राउ परेका थिए ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै छानबिन गर्न प्रहरीमा जाहेरी परेको थियो ।