• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

म्याद थप गर्न सिरोहियालाई धनुषा अदालत पुर्याईयो



file photo

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा उपस्थित गराइएको छ ।

मंगलबार पक्राउ परेका सिरोहियालाई म्याद थपका लागि अदालत लगिएको हो ।

जिल्ला अदालत आसपास बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

नागरिकता कीर्ते सम्बन्धी कसुरमा जिल्ला अदालते उनलाई पक्राउ गर्न मंगलबार अनुमति दिएको थियो । मंगलबार नै प्रहरीले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो ।

सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै छानबिन गर्न प्रहरीमा जाहेरी परेको हो ।