• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्रुसले रियल मड्रिड छाड्ने



काठमाडौँ । जर्मनीका मिडफिल्डर टोनी क्रुसले रियल मड्रिड छोड्ने घोषणा गरेका छन् । ३४ बर्षिय क्रुसले एक सन्देशमा आफूले आगामी युरो कपदेखि फुटबलबाट सन्यास लिने समेत घोषणा गरेका छन् ।

रियल आफ्नो अन्तिम क्लब भएको उल्लेख गर्दै उनले फुटबलबाट सन्यास लिने बताएका हुन् ।

उनी २०१४ मा जर्मन क्लब बायर लिभरकुसेनबाट रियल मड्रिड पुगेका थिए । रियल मड्रिडमा १० सिजन खेलेका उनले अब रियल मड्रिडका लागि ला लिगाको एक खेल र अन्तिम खेल च्याम्पियन्स लिगको फाइनल खेल्ने भएका छन् ।

रियलले च्याम्पियन्स लिगको फाइनल जर्मन क्लब डर्टमण्डसँग जुन २ मा खेल्दैछ ।

रियलबाट १० सिजन खेल्दै चार ला लिगाको उपाधि जितेका उनले चार च्याम्पियन्स लिगको उपाधि जितेका छन् । त्यस्तै एक कोपा डेल रे, पाँच फिफा क्लब विश्वकपको उपाधि जितेका छन् । उनले रियलबाट ३०५ खेलमा २२ गोल गरेका छन् ।