७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरे प्रतिवादमा उत्रिने ऋषि धमलाको चेतावनी



अ+ अ-

काठमाडौँ । रिपोर्टर्स क्लब नेपालका सभापति एवं प्राइमस् टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले समाचार लेखिएकै भरमा कसैलाई धरपकड गर्ने, पक्राउ गर्नेजस्ता विषय सह्य नहुने बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी भएको विषयमा रिपोर्टर्स क्लबको साक्षत्कारमा बोल्दै धमलाले यस्तो बताएका हुन् ।

उनले गलत गरेको भए कसैलाई बाँकी राख्न नहुने तर समाचार लेखेकै भरमा पूर्वाग्रही भएर कसैलाई पनि पक्राउ पुर्जी जारी गरिए सञ्चार जगतले त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

राज्य यसरी अगाडि बढेको खण्डमा सञ्चारकर्मीहरु शसक्त ढंगले संघर्षमा उत्रिने उनको चेतावनी छ । ‘कसैलाई समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने हामी त्यसलाई मान्दैनौं, सह्य हुने छैन । मेरो पक्षमा समाचार लेखिएन भनेर गिरफ्तार गर्छन् भने हामी त्यसको विरुद्धमा उभिन तयार छौं,’– पत्रकार धमलाले भने ।

धमलाले नेपाली पत्रकारिता जगत पञ्चायत कालदेखि आजसम्म सुरक्षित नगरेकोसमेत स्मरण गराए । उनले नेताहरुले आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने र आलोचनालाई सहजरुपमा लिनुपर्ने बताए । साथै, सहकारी ठगी प्रकरणमा सरकार गम्भीर हुनुपर्ने र पीडितले बचत फिर्ता पाउनुपर्ने कुरा सुनिश्चित हुनुपर्ने बताए ।