१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसमा हाइपरसोनिक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय



अ+ अ-

मस्को । रुसको एक अदालतले मङ्गलबार ७७ वर्षीय एक वैज्ञानिकलाई देशद्रोहको आरोपमा १४ वर्षको कारागार सजाय सुनाएको छ । उहाँमाथि जर्मनीसँग रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसम्बन्धी गोप्य डाटा साझा गरेको आरोप लगाइएको थियो ।

हालैका वर्षहरूमा हाइपरसोनिक्समा अनुसन्धानमा संलग्न धेरै प्रमुख वैज्ञानिकहरू मुलुकको गोप्य कुरा विदेशी मुलुकलाई साझा गरेको आरोपमा पक्राउ परेका छन् र कारागार पुगेका छन् ।

सेन्ट पिटसबर्गको एक अदालतले भौतिक वैज्ञानिक अनातोली मास्लोभलाई देशद्रोहको दोषी पाएको र १४ वर्षको कारागार सजाय सुनाएको सहरका अदालतको प्रेस सेवाले सामाजिक सञ्जालमा एक पोस्टमा बताएको छ । अदालतले मुद्दालाई ‘अति गोपनीय’ श्रेणीमा राखिएकाले मुद्दाको सुनुवाइ बन्द सत्रमा गरिएको बताएको छ ।

तथापि रुसी मिडिया आउटलेटहरूले मास्लोभमाथि रुसको हाइपरसोनिक क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित गोप्य डाटा जर्मन गुप्तचरलाई दिएको आरोप लगाइएको बताएका छन् । मास्लोभले गत साता सजाय सुनाउनुअघि अदालती सुनुवाइमा आरोपहरूलाई अस्वीकार गर्नुभएको थियो ।

“उहाँले आफूले कुनै पनि गल्ती वा गैरकानूनी काम नगरेको बताउनुभयो, आफ्नो जीवन परिवार र घरेलु विज्ञानका लागि समर्पित गरेको बताउनुभयो, कथित जानकारी हस्तान्तरण नगरेको र यो कुनै राजकीय गोप्य नभएको बताउनुभयो”, मास्लोभका वकिललाई उद्धृत गर्दै सरकारी टिएएसएस समाचार एजेन्सीले भनेको छ ।

सन् २०२२ जुनमा पक्राउ पर्नुभएका मास्लोभ हाइपरसोनिक्समा अनुसन्धानमा विशेषज्ञ हुनुहुन्छ । हाइपरसोनिक्स रुसको उन्नत क्षेप्यास्त्र कार्यक्रमका लागि महत्त्वपूर्ण अनुप्रयोगहरू भएको सैद्धान्तिक क्षेत्र हो । उहाँ रुसको विज्ञान एकेडेमीको साइबेरिया शाखाको सैद्धान्तिक तथा एप्लाइड मेकानिक्स इन्स्टिच्युटमा मुख्य शोधकर्ता हुनुहुन्थ्यो ।

मास्लोभले काम गर्नुभएको नोभोसिबिर्स्कका प्रमुखसहित कम्तीमा तीन अन्य वैज्ञानिकलाई सन् २०२२ देखि देशद्रोहको विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

मङ्गलबार अदालतभित्रको भिडियोमा ट्यान ज्याकेट, गुलाबी सर्ट र जिन्स लगाउनुभएका मास्लोभ प्रतिवादीहरूका लागि काँचको कठघरामा उभिनुभएको थियो । उहाँका वकिलहरूले लामो कारागार सजाय अनिवार्यरूपमा मृत्युदण्डको सजाय भएको बताउनुभयो ।

वकिलहरूले कोमर्सेन्ट दैनिकलाई यस वर्षको प्रारम्भमा पूर्व–परीक्षण हिरासतमा मास्लोभलाई हृदयाघात भएको र उहाँले आफूलाई उपलब्ध गराइएको कमजोर चिकित्सा हेरचाहको गुनासो गर्नुभएको बताउनुभयो ।

उहाँहरूले मास्लोभविरुद्ध प्रयोग गरिएका धेरै प्रमाणमा पहुँच नभएका कारण देशद्रोह र जासुसी मामिलामा रुसी अभियोजक तथा न्यायाधीशरूको साझा दृष्टिकोणसहित यसलाई शीर्ष गोप्यरूपमा वर्गीकृत गरिएको बताउनुभयो ।