२५ कार्तिक २०८१, आईतवार
,
Latest
राष्ट्रिय सहकारी विकास बोर्डको भवनमा ललितपुर महानगरको डोजर प्रतितोला रु पाँच सयले घट्यो सुनको मूल्य प्रदेश अधिवेशनका लागि पाँच सय ७५ प्रतिनिधि निर्वाचित नेपाल प्रिमियर लिग रोक्न सर्वोच्चमा रिट निवेदन दर्ता बाढीले बगर बनायो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त कालीगण्डकी करिडोर: म्याग्दीको दाना खण्डमा धमाधम कालोपत्र हुँदै म्याग्दीको ग्रामीण भेगमा कोदोखेती विस्तार म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो महागुरु फाल्गुनन्दको मार्गनिर्देश अनुशरणयोग्य छन्ः राष्ट्रपति पौडेल सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री नेतान्याहुको गिरफ्तारी आदेशको निन्दा गर्दै आइसिसीलाई प्रतिबन्ध गर्ने अमेरिकी सांसदको माग



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु
अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाको सांसदहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)लाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गिरफ्तारी आदेश जारी गरेमा प्रतिबन्ध लगाउने विचार गरिरहेको अमेरिकी सदनका अध्यक्ष माइक जोनसनले बताउनुभयो ।

“ह्वाइट हाउस नेतृत्वको अनुपस्थितिमा काङ्ग्रेसले आइसिसीलाई यस्तो कदम चाले यसको नेतृत्वले परिणाम भोग्नुपर्ने सुनिश्चित गर्दै प्रतिबन्धसहित सबै सजायका विकल्पहरूको समीक्षा गरिरहेको छ”, अमेरिकी सदनका अध्यक्षले सोमबार एक विज्ञप्तिमा भन्नुभयो । “आइसिसीको इजरायल वा संयुक्त राज्य अमेरिकामा कुनै अधिकार छैन, र आजको आधारहीन र अवैध निर्णयले विश्वव्यापी निन्दाको सामना गर्नुपर्नेछ”, उहाँले थप भन्नुभयो ।

आइसिसीका प्रमुख अभियोजक करिम एए खानले मे २० मा गाजामा हमासविरुद्ध इजरायलको सात महिना पुरानो युद्धका क्रममा मानवता विरुद्ध अपराधको आरोपमा प्रधानमन्त्री नेतान्याहु र इजरायली रक्षामन्त्री योव गालान्ट साथै हमासका तीन शीर्ष नेता–याह्या सिनवर, मोहम्मद देइफ र इस्माइल हानियाह विरुद्ध गिरफ्तारी आदेश आवेदन दायर गर्ने घोषणा गर्नुभएको थियो । रिपब्लिकन सांसदहरूले सोमबार आइसिसीलाई प्रतिबन्ध लगाउन संयुक्त राज्यलाई आह्वान गरे ।

रिपब्लिकन सदन कन्फरेन्सकी अध्यक्ष एलिस स्टेफानिकले न्युयोर्क पोस्टलाई भन्नुभयो, “आइसिसी एउटा अवैध अदालत हो जसले कट्टरपन्थी आतङ्कवादी समूहसँग आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने शान्तिपूर्ण राष्ट्रलाई फसाउने गर्दछ”। घोषणा पश्चात स्टेफानिकले सोमबार बिहान नेतान्याहुसँग भेट गर्नुभएको थियो ।

सदनका अल्पसङ्ख्यक नेता हाकिम जेफ्रीजले एक विज्ञप्तिमा आइसिसीको आदेशलाई “लाजमर्दो र अनुचित” भन्नुभएको छ ।

राज्य सचिव एन्टोनी ब्लिन्केनले इजरायल र हमास बीचको आइसिसी अभियोजक समानतालाई मौलिकरूपमा अस्वीकार गर्ने र यो घोषणाले बन्धक सम्झौता र युद्धविरामको वार्तासमेतलाई जोखिममा पार्न सक्नेमा जोड दिनुभयो । उहाँले संयुक्त राज्य अमेरिका वर्तमान द्वन्द्वभन्दा पहिले नै आइसिसीको यस मामिलामा कुनै क्षेत्राधिकार नभएकोमा स्पष्ट रहेको बताउनुभयो । ब्लिन्केनले भन्नुभयो, “आइसिसी अभियोजक आफँै अर्को हप्ता इजरायलको भ्रमण गर्ने र इजरायली सरकारबाट अनुसन्धानबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो ।”

घोषणाप्रति आफ्नो प्रतिक्रियामा, इजरायली प्रधानमन्त्री नेतान्याहूले भन्नुभयो, “हेगमा अभियोजकले दिएको बेतुक र झुटो आदेश इजरायलका प्रधानमन्त्री र रक्षामन्त्रीका विरुद्ध मात्र नभई सम्पूर्ण इजरायल राज्यको विरुद्धमा निर्देशित छ । “यो आईडीएफका सैनिक विरुद्ध निर्देशित छ, जो हमासविरुद्ध वीरताका साथ लडिरहेका छन्”, टाइम्स अफ इजरायलमा रिपोर्ट गरिएको भिडियो बयानमा उहाँले भन्नुभयो ।