राष्ट्रिय सभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकी वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरुप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् ।
तर पनि यस निर्वाचनमा पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएका छन् ।
स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा(एमाले_का उम्मेद्वारलाई प्राप्त भएको छ ।यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ । गठवन्धनका अन्य उम्मेद्वारको तुलनामा नेपाली कांग्रेसका उम्मेद्वारले सबै प्रदेशमा कम भोट पाएका छन् ।
पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १ मा नेकपा(एमाले)का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् । यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा(एमाले) पहिलो दलको हैसियतमा कायम छ । अवहुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा(एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।











