२९ मंसिर २०८२, सोमबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा भुसाल मनोनयन मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार ‘एलार्गन’ औषधिको खरिद बिक्री फुकुवा सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन ‘भारत–नेपाल टुरिज्म मार्ट’अन्तर्गत गन्तव्य प्रवर्द्धन कार्यक्रम सुरु जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो नेपालबाट चोरिएका एक सय ९८ पुरातात्विक सम्पदा विदेशबाट फिर्ता ल्याइयो स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा आज फेरि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा आज सोमबार फेरि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

आईतबार मात्रै नयाँ रेकर्ड बनाएको सुनले आज तोलामा रु नौ सयले बढ्दै हाल सम्म कै उच्चबिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार रु एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन आइतबार रु एक लाख ४० हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४१ हजार एक सय निर्धारण गरिएको महांसघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज तोलामा रु ३० ले वृद्धि भएको छ । आइतबार रु एक हजार नौ सय १० मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० निर्धारण भएको छ ।