९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फलामे साङ्लो मुक्त बनेका जागेश्वर (फाेटाे फिचर)



अ+ अ-

वीरगञ्ज । मानसिक रुपमा अस्वस्थ भइ फलामे साङ्लोमा बस्न बाध्य भएका जागेश्वर ठाकुर सामान्य अवस्थामा फर्किएका छन् ।बारा जिल्लाको कलैया उपमहानगरपालिका–१८ मोतिसरका जागेश्वर मानसिक रुपमा अस्वस्थ भएर देखेका मानिसलाई कुट्ने र अस्वभाविक आचरण देखाउने गरेपछि परिवारले नै उनलाई एउटा कोठाभित्र फलामे साङ्लोले बाँधेर राखेको थियो ।

यस बारेमा स्थानीय व्यक्तिहरु र विभिन्न समाचारहरुबाट जानकारी प्राप्त भएपछि मानवसेवा आश्रम वीरगञ्ज शाखाले २०७८ जेठ २२ गते उद्धार गरि मानसिक स्वास्थ्यको उपचार सुरु गरेको थियो ।उनको स्वास्थ्य अवस्था बिग्रको १२ बर्ष भएको थियो । नजिकमा कसैलाई देखेको अवस्थामा गाली गर्ने, कुट्न खोज्ने र एक्लै बसेर बरबराइरहने गर्दथे । सुधार्न खोज्दा पनि परिवारले राम्रोसँग औषधी ख्वाउन सक्ने अवस्था थिएन ।

“उहाँलाई परिवारले समेत औषधी ख्वाउन सकेको थिएन । तर आश्रममा आएपछि हामी सबैको माया र प्रेमले उहाँले विस्तारै सामान्य मानिसको जस्तो आचरण देखाउन थाल्नुभयो ।” मानवसेवा आश्रम पर्सा जिल्ला संयोजक सानु गुरुङले बताउनुभयो ।“उहाँको अवस्था ठिक भएर आफैले म घरमा जान्छु, काम गरेर खान सक्छु भन्नुभएपछि पारिवारिक पुनर्मिलन गराउन उहाँलाई आश्रमको टिम स्वयं उहाँको घरमा पुगेर पारिवारिक पुनर्मिलन गराएको हो ।” सानुले भन्नुभयो ।

 मानवसेवा आश्रमले वि.स २०६९ सालदेखि घरपरिवारि र आफन्तविहीन सडकपेटी र सार्वजनिक स्थलमा रहन बाध्य सहयोगापेक्षी सडकआश्रित मानवहरु र परिवार हुँदाहुँदै पनि घरपरिवारले नै अमानवीय रुपमा थुनेर वा बाँधेर राखिएका सहयोगोक्षी व्यक्तिहरुको उद्धार गर्दै आइरहेको छ ।

आजको दिनमा मानवसेवा आश्रमको संरक्षणमा १६०० बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित छन् भने १० बर्षको अन्तरमा करिब ७००० को उद्धार गरिसकेको छ । मानवसेवा आश्रम नितान्त मुठ्ठीदानबाट सञ्चालित छ ।