१९ आश्विन २०८१, शनिबार
,
Latest
आज कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा कुन–कुन पालिका भए विपद् संकटग्रस्त घोषित ? नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको आराधना गरिँदै पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पुर्‍याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा उहाँले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त एप्स महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

“नागरिक एप्स आम नागरिकको सेवालाई सरल, सहज र छिटोछरितो बनाइ लाइनबाट नभई अनलाइनबाट सेवा प्रदान गर्ने महत्वपूर्ण प्रयास हो”, मन्त्री गुरुङले भन्नुभयो, “सरकारी सेवा र सूचना हातहातमा कसरी पुर्‍याउन सकिन्छ, सबै कागजपत्रलाई सुरक्षित कसरी गर्न सकिन्छ भन्नेमा सरकार गम्भिर छ र त्यसैअनुसार एप्स ल्याइएको हो ।”

मन्त्री गुरुङले सरकारले तीन वर्षको लामो अध्ययनपछि एप्स ल्याएको र यो राष्ट्रिय गौरवको कार्यक्रमसमेत भएको बताउनुभयो । नागरिकबाट प्राप्त सुझावका आधारमा अझै परिमार्जन गर्दै लगिने उहाँले जनाउनुभयो । अझै पारदर्शी बनाइ कम खर्चिलो र झन्झटबाट मुक्त पारी सबै सेवा दिने सरकारको चाहना रहेको जानकारी गराउँदै मन्त्री गुरुङले थप्नुभयो, “नागरिकका निम्ति सरकारी सेवा चौविसै घण्टा र विदाका दिनमा समेत प्राप्त गर्न सकोस् र नागरिकको सेवा सुदृढ एवं व्यवस्थित गर्न सकोस् भन्नेमा सरकार गम्भिर छ ।”

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले जनताको हातहातमा सरकारी सेवा पु¥याउनका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पुरा गर्न एप्स कोसेढुङ्गा सावित हुने उल्लेख गर्नुभयो । उहाँले अहिले परीक्षणका रुपमा आएको उक्त एप्समार्फत नौ वटा कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो । उहाँले एप्समार्फत न्यूनतम् समयमा छिटो र छरितो रुपमा प्रभावकारी सेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले जनतालाई सार्वजनिक सेवा प्रदान गर्दा डिजिटलाइज समाजको सिर्जना गर्ने उद्देश्यले सरकारले डिजिटल नेपाल कार्यक्रम शुरु गरेको र त्यसैको एक महत्वपूर्ण कार्यक्रम नागरिक एप्स मार्फत सार्वजनिक सेवा प्रदान गर्न लागिएको हो । शुसासन, समृद्ध र विकासको नाराका साथ डिजिटल नेपाल फ्रेमवर्क कार्यक्रमअन्तरगत यसले कार्यक्रम गर्नेछ । उक्त कार्यक्रम सरकारको स्मार्ट नागरिक बनाउने उद्देश्यले निर्देशित रहेको सचिव बस्यालको भनाइ थियो । रासस