४ आश्विन २०८१, शुक्रबार
,
Latest
क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएका हुन् ।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले बोलाईएको बैठकमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलावट भएको छ । यद्यपी, नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित छैन ।

कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै दलका प्रमुख सचेतक रमेश लेखकले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पनि बैठकमा बोलाइएको बताए ।

बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।