२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभामा कांग्रेसको नाराबाजीबीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्ष दलका सांसदलाई पटक-पटक आसन ग्रहणका लागि अनुरोध गर्दा पनि नाराबाजी बन्द नभएपछि  राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।

सत्तारुढ दलका सांसदले भने सभामुखले पत्र पढेर सुनाएपछि ताली बजाएर पारित गरे ।

काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।