१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम संघबाट हजयात्रीको बिदाई



अ+ अ-

काठमाडौँ । साउदी अरेबियाको मक्का मन्दिरमा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूहलाई नेपाल मुस्लिम संघको टोलीले बिदाई गरेको छ ।

संघका पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तार ,अध्यक्ष अताबुल मन्सुरी उपाध्यक्ष सरर्फराज शेख ,जम्बारदिन मिया लगातका टोलीले त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थलमा बिदाई गर्नुभयो ।

हिजरी संवत् १४४५ को हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान गरेको हो। पहिलो समूहको उडानमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना सहभागी भएका छन् ।

यस वर्ष जम्मा ७६४ जना हजयात्री जाने समितिले जनाएको छ । आज जेठ २ गते (मे १५, २०२४ मा) जाने हजयात्री साउदी अरबमा ४४ दिनको बसाई पछि २९ जुनमा फर्कने कार्यक्रम रहेको छ ।