१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै

सिमसार क्षेत्र मासिएपछि सारस घट्दै
अ अ+ अ-

कञ्चनपुर । सिमसार क्षेत्रमा पाइने सारस चराको सङ्ख्या कञ्चनपुरमा विगतको तुलनामा घटदै जान थालेको छ । सिमसार क्षेत्र घटदै गएपछि यो चरा घट्न थालेको हो । एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घटनुमा बासस्थान विनाश मुख्य कारण हो ।

“सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घटन थालेको छ”, नेपाल पक्षी संरक्षण सङ्घका चरा विज्ञ हिरुलाल डगौराले भन्नुभयो, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ । सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई  समस्या भएको छ ।”

यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उहाँको भनाइ  छ । भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन् । स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को सङ्ख्यामा देखिन्थे । 

अण्डा र मासुलाई यसको सिकार हुन्छ । दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे । वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ । 

सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुदैन संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ । साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ । यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ । सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ । यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो । उडनेमध्येमा यो अग्लो चरा मानिन्छ । 

सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महिनामा ओथारो बस्ने ९बच्चा कोर्लने ० गर्दछ । सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ । सारसलाई सामाजिक प्राणीका रुपमा समेत लिइने गरिन्छ ।
 
जोडीका रुपमा यो चरा रहन्छ । प्रजनन अवधिमा यसले दुई वटा मात्रै अण्डा पार्ने गरेको चरा विज्ञ डगौराले बताउनुभयो । चल्ला पाँचदेखि छ महिनासम्म माउसँगै बस्छन् । त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन । रुपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ ।
 
कञ्चनपुरमा सारसको सङ्ख्या १० देखि १५ सम्म रहेको अनुमान छ । चरा विज्ञका अनुसार नेपालमा यो चरा सात देखि आठ सय रहेको अनुमान छ । नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ ।
 
विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ । जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ । दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ । जसलाई खोया हाँससमेत भनिन्छ । लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ । कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महिनादेखि नौ महिना कैद वा दुवै सजाय हुने कानुनी प्रावधान छ । रासस