४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ३५ हजार ९१ पुग्यो



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३५ हजार ९१ जना पुगेको छ ।

गत अक्टोबरमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि गत २४ घण्टामा इजरायली सेनाले ५७ प्यालेस्टाइनीको हत्या गरेको र अन्य ८२ जना घाइते भएकाले कुल मृत्यु हुनेको सङ्ख्या ३५ हजार ९१ र घाइतेको सङ्ख्या ७८ हजार ८२७ पुगेको जनाएको छ ।

इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामा हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो आक्रमण शुरु गरेको थियो ।