२० भाद्र २०८३, शनिबार
,
Latest
ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस कारण बैशाखमा हुनुपर्छ स्थानीय तहको निर्वाचन



अ+ अ-

स्थानीय तहको निर्वाचनलाई लिएर अहिले निकै ठूल्ठूला बहस चलिरहेको देखिन्छ । दलगत र गुटगत विचारले प्रशिक्षित कानून व्यवसायीहरुका तर्क पनि फरक फरक देखिएका छन् । अधिकांश बौद्धिक वर्गको विचार पनि यस्तै रहेको देखिन्छ ।

दलका नेता तथा कार्यकर्ताहरु पनि व्यक्तिगत, गुटगत र दलगत स्वार्थको आधारमा विचार राख्न मै प्रयासरत रहेको देखिन्छ ।निर्वाचन मूलत राजनीतिक दाउपेच नै हो । यति हुँदा हुँदै पनि निर्वाचन राष्ट्रको विकासको आधार हो भन्ने विर्सनु हुन्नथियो । राजनीतिक दाउपेचको कारण राष्ट्रको विकासलाई नकारात्मक प्रभाव पर्न भने दिनु हुँदैन थियो ।

दाउपेचका बीच पनि राष्ट्रको स्वार्थ र राजनीतिक मूल्य, मान्यता, परम्परा तथा अभ्यासहरुलाई ध्यान दिनु पर्ने हो । निर्वाचन सम्बन्धी संवैधानिक र कानूनी प्रावधान निर्माण गर्दा नै स्वार्थवस गलत तरिकाले प्रावधानहरु राखेको कारणले नै अहिले यो समस्या आइपरेको हो ।

यदि सच्चा लोकतन्त्रवादी नेताहरु भइदिन्थे भने राजनीतिक मूल्य, मान्यता, परम्परा र अभ्यासलाई आधार मानेर निर्णय हुने थियो ।दुर्भाग्य त यो छ कि समकालिन नेपाली नेतामा त्यस्तो कोही नेता देखा परिरहेको छैन जसले राजनीतिक दाउपेचलाई राष्ट्रको विकाससँग सामञ्जस्य गराएर नेतृत्व गर्न सकोस् ।

मुख्य दलहरुमा राष्ट्रको हित भन्दा आफ्नो व्यक्तिगत, गुटगत र दलगत लाभहानीलाई मात्र हेरेर नेतृत्व गर्न रुचाउने नेताहरु देखिएका छन् । पाँच वर्ष पहिले स्थानीय तहको निर्वाचन चरणबद्ध रुपमा भएको थियो । यदि मूल्य, मान्यता र अभ्यासलाई हेर्ने हो भने जुन दिन पहिलो चरणको निर्वाचन भएको थियो त्यो दिनलाई नै पाँच वर्ष पूरा भएको मानेर अवको निर्वाचन गर्ने तर्फ ध्यान दिनु पर्छ । अरु तर्कको कुनै औचित्य छैन ।