१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन (भिडियो सहित)

यातायात कार्यालयमा मन्त्री दाहालको अनुगमन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । वागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिनुभएको छ । 

बिहीवार ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताउनु भएको हो । उहाँले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनु पर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यवहारिक काममा मात्रै नभइ कानूनि कामलाई पनि अघि बढाएर लैजाने बताउनु भयो । मन्त्री दाहालले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिनुभयो । उहाँले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताउनु भयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ । हामीसँग अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव पनि छ । त्यसलाई पनि हल गर्नुपर्ने देखिएको छ । अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरु हिजोकै पुराना छन् । ढड्डा राख्ने पुरानै तरिकाहरु छन् । हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ । ठूला ढड्डाहरुलाई सधैँ सुरक्षित गर्न सकिँदैन । त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु पनि मुख्य समस्याको रुपमा रहेको छ ।

त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ । अर्को समस्या भनेको जसले लाइसेन लिनुभएको छ, त्यतिबेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले लास्टमा सही गर्ने बेलामा कतै न कतै त्रुटी गरेका छन् । त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौँ । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरु पनि समस्या भोगिरहेका छन् । एकातिर हेर्दा उहाँहरुसँग स्मार्ट लाइसेन छ । यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ । त्यो समस्या छ । यातायात क्षेत्रमा अलि बढी कार्यालयमा पनि ती समस्या आइ नपुग्ने, बीचमा केही मान्छेहरुले कार्यालयहरुलाई बद्नाम गराउनतिर अलि बढी खोजे बिचौलियाहरुले । बिचौलियाहरुलाई रोक्नको लागि हामीले काार्यलयलाई पनि कडा निर्देशन गरेका छौँ । पत्रकारहरुले पनि बेला बेलामा आएर बिचौलियाहरुको बारेमा एस्पोज गरिदिनुपर्छ । त्यो भयो भने सेवाग्राहीहरुले अनावश्यक पैसा खर्च नगरी काम गर्न सकिन्छ । त्यो हुँदा कतिपय डुब्लिकेशनलाई पनि रोक्न सक्छौँ ।’

मन्त्री दाहालले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या बढीरहेकोले यसलाई पनि समाधान गरेर अघि बढ्ने बताउनु भयो ।