२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको आईपीएल: प्लेअफको सम्भावना कायम गर्न गुजरातले कोलकातालाई जित्नैपर्ने



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को ६३औं खेलमा आज गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । गुजरातको होम ग्राउन्ड नरेन्द्र मोदी स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आज गुजरात र कोलकाता सिजनको १३औं खेल खेल्दैछन् । कोलकाताले १२ खेलमध्ये ९ जित र ३ खेलमा हार बेहोरेको छ । टोली अंक तालिकाको शीर्ष स्थानमा रहदै प्लेअफमा पुगिसकेको छ। अर्कोतर्फ, १२ खेलमध्ये ५ जित र ७ हारेको गुजरात १० अंकसहित ८ नम्बरमा छ । टाइटन्सलाई प्लेअफको आशा कायम राख्न आजको खेलमा जित आवश्यक छ ।

दुवै टोली चौथो पटक आमनेसामने हुँदै

आइपिएलमा चौथो पटक टाइटन्स र नाइट राइडर्स भिड्दैछन् । यी दुईबीच अहिलेसम्म ३ खेल भइसकेका छन् । गुजरातले २ र कोलकाताले १ जित हात पारेको छ । नरेन्द्र मोदी स्टेडियममा दुवै टोली एकपटक भिडेका थिए, उक्त खेलमा केकेआर ३ विकेटले विजयी भएको थियो।

साई सुदर्शन जीटी शीर्ष रन स्कोरर

पहिलो दुई सिजनमा प्लेअफमा पुग्ने जीटीको प्रदर्शन यस सिजनमा भने खास भएन। साई सुदर्शन र कप्तान शुभमन गिल बाहेक टोलीका कुनै पनि ब्याट्सम्यान राम्रो लयमा छैनन् । टोलीका लागि साई सुदर्शनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १२ खेलमा ५२७ रन बनाएका छन् । बलिङमा मोहित शर्मा शीर्ष स्थानमा छन् । उनले १३ विकेट लिएका छन् ।

केकेआरका लागि नारायणको सर्वाधिक रन

यस सिजनमा कोलकाताको उत्कृष्ट लय जारी छ । टोलीका ब्याट्सम्यान पनि उत्कृष्ट लयमा छन् । टोलीका लागि सुनिल नारायण र फिलिप साल्टले ४ सयभन्दा बढी रन बनाएका छन् । जहाँ कप्तान श्रेयस अय्यर र वेंकटेश अय्यरले दुई सयभन्दा बढी रन बनाएका छन् । नारायण ४६१ रन बनाएर टिमका सर्वाधिक स्कोरर बनेका छन् । वरुण चक्रवर्ती १२ खेलमा १८ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

गुजरात टाइटन्सको सम्भावित प्लेइङ-११:

शुभमन गिल (कप्तान), साई सुदर्शन, डेभिड मिलर, शाहरुख खान, म्याथ्यु वेड (विकेटकिपर), राहुल तेवाटिया, राशिद खान, नूर अहमद, उमेश यादव, मोहित शर्मा र कार्तिक त्यागी।

ईम्प्याक्ट प्लेयर: सन्दीप वारियर।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइङ-११:

श्रेयस अय्यर (कप्तान), फिल साल्ट (विकेटकीपर), सुनील नारायण, भेंकटेश अय्यर, नितिश राना, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मिचेल स्टार्क, वरुण चक्रवर्ती र हर्षित राना।

ईम्प्याक्ट प्लेयर: वैभव अरोरा।