२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज: राजस्थानलाई प्लेअफमा पुग्न चेन्नईको चुनौती



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर खेलिनेछ। आजको पहिलो खेल चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच हुनेछ । चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियम (चेपौक) मा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसोको ३:४५ बजेबाट सुरु हुनेछ । दुवै टोली यो सिजन पहिलो पटक आमनेसामने हुँदैछन् ।

आजको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली क्यापिटल्सबीच बेंग्लोरको एम चिन्नास्वामी स्टेडियममा बेलुका ७:४५ बजे हुनेछ ।

आज चेन्नईको सिजनको १३ औं खेल खेल्दैछ । टोलीले १२ खेलमध्ये ६ जितेको छ भने ६ हारेको छ । टोली अंक तालिकाको चौथो स्थानमा छ । राजस्थानको यो १२औँ खेल हुनेछ । ११ खेलमध्ये ८ जित र ३ खेलमा हार बेहोरेको टोली १६ अंकसहित दोस्रो स्थानमा छ। चेन्नईले आजको खेल जितेर आफ्नो प्लेअफको आशा जीवित राख्नेछ। भने राजस्थानले आजको खेल जिते प्लेअफमा पुग्ने छ।

हेड टु हेड

चेन्नई र राजस्थानबीच आईपीएलमा कुल २८ खेल खेलिएका छन् । जसमा चेन्नईले १५ जितेको छ भने राजस्थानले १३ जितेको छ। योसँगै चेपौक रंगशालामा दुई टोलीबीच ८ खेल खेलिएका छन्, जसमा ६ मा सीएसकेले जितेको छ भने आरआरले २ खेल मात्र जितेको छ।

गायकवाड चेन्नईका सर्वाधिक रन स्कोरर

चेन्नईका कप्तान रुतुराज गायकवाड टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले १२ खेलमा ५ सय ४१ रन बनाएका छन् । उनी बाहेक अलराउन्डर शिवम दुबे पनि उत्कृष्ट फर्ममा छन् । टिमका सर्वाधिक विकेट लिने बलरमा तुषार देशपाण्डे छन् ।

राजस्थानका लागि सामसनले सबैभन्दा धेरै रन बनाए

राजस्थानका कप्तान सञ्जु सामसन सर्वाधिक रन स्कोरर हुन् । उनले ११ खेलमा ४ सय ७१ रन बनाएका छन् । जसमा ५ अर्धशतक समावेश छ । टिमका लागि रिष्ट स्पिनर युजभेन्द्र चहलले सर्वाधिक १४ विकेट लिएका छन् ।

चेन्नई सुपर किंग्सको सम्भावित प्लेइङ-११:

रुतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, डेरिल मिचेल, मोइन अली, शिवम दुबे, रवीन्द्र जडेजा, एमएस धोनी, मिचेल सान्टनर, शार्दुल ठाकुर, तुषार देशपांडे र सिमरजीत सिंह।

इम्प्याक्ट प्लेयर: अजिंक्य रहाणे।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ-११:

सञ्जु सैमसन (कप्तान र विकेटकीपर), यशस्वी जैसवाल, रायन पराग, डोनोभान फरेरा, रोभमान पावेल, शुभम दुबे, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, आवेश खान, सन्दीप शर्मा र युजवेन्द्र चहल।

इम्प्याक्ट प्लेयर: जोस बटलर।