२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको छुमचौरमा कालीमार्सी धान रोपाइँ



file photo
अ+ अ-

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा धान रोपाइँ सुरु भएको छ । छुमचौर जिउलोमा धान महोत्सव आयोजना गरी रोपाइँ थालिएको होे ।

कृषि विकास कार्यालयको आयोजनामा छुमचौर जिउलोमा धान दिवस तथा रोपाइँ महोत्सव सम्पन्न भएको हो । समुन्द्री सतहबाट दुई हजार आठ सय ५० मिटर उचाइमा छुमचौरमा धानखेती भएपछि जिल्लामा विविधरुपमा रोपाइँ सुरु भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । संस्कार र संस्कृतिसँग जोडिएको मार्सी धान संरक्षणका लागि किसानमा उत्साह जगाउन रोपाइँ महोत्सव गरिएको उहाँको भनाइ छ ।

सिञ्जा सभ्यताको इतिहास जोडिएको जुम्लामा मार्सी धान लोप हुने अवस्थामा पुगेपछि कृषकदेखि स्थानीय सरकार, सरोकारवाला निकायलगायत यसको संरक्षणमा लागेका हुन् । बर्सेनि खेत बाँझो हुँदै जाँदा किसान मार्सी धानको खेती छोड्न थालेका छन् । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् ।

मार्सी धानको खेती गर्दा रोग कीरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका प्रमुख देवकोटाले बताउनुभयो । कृषि विकास कार्यालयुम्लाका अनुसार जिल्लामा दुई हजार आठ सय हेक्टरमा धानखेती हुने गरेको छ । रासस