१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य

रुसविरुद्ध अमेरिकाले युक्रेनमा पठाइएका हरेक मिसाइलमा पुटिनको नाम

रुसविरुद्ध अमेरिकाले युक्रेनमा पठाइएका हरेक मिसाइलमा पुटिनको नाम
अ अ+ अ-

वासिङ्टन । युक्रेन र रुसबीच बढ्दो युद्धको खतराबीच अमेरिकाले किभलाई सयौँ जेभलिन र स्टि«ङ्गर मिसाइल हस्तान्तरण गरेको छ । ती सबै अमेरिकी मिसाइलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छापिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने धम्की दिएका बेला अमेरिकाले यी मिसाइलहरू पठाएको हो । रुसले युक्रेनमा आक्रमण गरे त्यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।

अमेरिकी रक्षा विभागले जारी गरेको तस्बिरहरूले अमेरिकी सेनाले बाइडेनको गृह राज्य डेलावेयरबाट युक्रेनमा मिसाइलहरू पठाएको देखाउँछ। अमेरिकाले यसअघि नै युक्रेनलाई ६० करोड डलर बराबरको हतियार दिएको छ ।

रुसलाई कडा जवाफ दिन अमेरिकाले युक्रेनलाई एयर डिफेन्स सिस्टम पनि दिने भएको छ । बाइडेनले सङ्कटको यो घडीमा अमेरिका युक्रेनको साथमा काँधमा काँध मिलाएर उभिने घोषणा गरेका छन् ।
 
वास्तवमा रुस र युक्रेनबीच युद्धको बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका पूर्णरुपमा सक्रिय भएको छ । अमेरिकाले मङ्गलबार युक्रेनमा ३०० वटा ट्याङ्क विरोधी जेभलिन मिसाइल पठाएको छ । यी मिसाइलहरू म्यान–पोर्टेबल छन्, जसलाई युक्रेनी सैनिकहरूले आफ्नो काँधमा बोकेर फायर गर्न सक्छन्।

जेभलिन मिसाइलहरू बख्तरबन्द सवारी साधन, ट्याङ्क र बङ्करहरू नष्ट गर्न प्रयोग गर्न सकिन्छ। युद्धको अवस्थामा यी मिसाइलहरूले रूसी सेनाको लागि ठूलो समस्या निम्त्याउन सक्छ।

यद्यपि रसियाले आफ्ना ट्याङ्कहरूमा विस्फोटक प्रतिक्रियात्मक आर्मर स्थापना गरेको छ, जसले शत्रुको मिसाइललाई विफल पार्छ।

युक्रेनस्थित अमेरिकी दूतावासले ट्विट गर्दै राष्ट्रपति बाइडेनबाट स्वीकृत २० करोड डलरको तेस्रो खेप आज राति कीभ पुगेको जनाएको छ। 

“हामी युक्रेनलाई सबै सम्भव सहयोग प्रदान गर्न जारी राख्नेछौँ”, दूतावासले भनेको छ। तेस्रो खेपमा ३०० जेभलिन मिसाइलसहित ७० टन सैन्य सहायता सामग्री समावेश छ। यी ३०० जेभलिन मिसाइलको मूल्य पाँच करोड डलर रहेको बताइएको छ ।

ढुवानीमा ग्रेनेड लन्चरहरू, साथै गोला बारूद र अन्य हतियारहरू समावेश छन्। धेरै युरोपेली देशहरूले युक्रेनलाई ठूलो मात्रामा हतियार दिएका छन्।

जेभिलिन अमेरिकामा बनेको एन्टी(ट्याङ्क मिसाइल हो। यो मिसाइलले आफ्नो लक्ष्यमा प्रहार गर्न इन्फ्रारेड प्रविधिको प्रयोग गर्छ। यो क्षेप्यास्त्र ट्याङ्क विरुद्ध सबैभन्दा प्रभावकारी मानिन्छ।

जेभिलिन मिसाइलहरू भवनहरू र शत्रुको आधारहरू नष्ट गर्न पनि प्रयोग गरिन्छ। युक्रेनलाई जेभलिनबाहेक अमेरिकाले स्ट्रिङगर मिसाइल पनि दिएको छ ।

यो मिसाइलले हावामा उड्ने तल्लो उडान ड्रोन र हेलिकप्टरलाई खसाल्न सक्षम छ । स्ट्रिङर मिसाइललाई काँधमा राखेर पनि सजिलै प्रहार गर्न सकिन्छ। एजेन्सी