२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै



अ+ अ-

काठमाडौं । जापानी खाना र पिय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ।

र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२ मा) हुने उत्सव गर्न लागेको हो।

तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जपानी खाना, पिय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए। आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ठ अनुभव अवसर’ भनेको छ।

‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पिय र खानाका लागि जम्मा हुन्छन्। सञ्चालक अधिकारीले जपानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पु¥याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए।

उत्सवमा खानाको परिकारअनुसार प्रति व्यक्ति ४४ सय, २७ सय र १७ सयको गरी तीन प्रकारका मेनु राखिएको छ।