२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिजले बजार नपाउँदा व्यवसायी मारमा



अ+ अ-

अत्तरिया । कालिजले बजार नपाउँदा व्यवसायी मारमा पर्न थालेका छन् । बजार अभावले कालिज बिक्री हुन छाडेपछि व्यवसायी मारमा पर्न थालेका हुन् ।

कैलालीको गोदावरी नगरपालिका–४ मुरिभावरमा विगत चार वर्षदेखि व्यासायिक रूपमा कालिजपालन गर्दै आउनुभएका नारायणसिंह कठायलले बजार अभावका कारण कालिज बेच्न समस्या हुन थालेको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “रोजगारीको अवसर नुहँदा कालिजपालन व्यवसायमा लागियो । अब कालिज बिक्री नै हुन छाडे । कालिजले वर्षभरिमा खाएको चारोको पैसासमेत असुल गर्न समस्या हुन थालेको छ ।”

गोदावरी वाइड लाइफ एग्रो प्रालि नामक फार्म दर्ता गरेर व्यावसायिक रूपमा कालिजपालनमा लाग्नुभएका कठायतले पोखराबाट एक हजार पाँच सय चल्ला ल्याएर सुरु गरेको बताउनुभयो । “सुरुमा पोखराबाट एकदिने चल्ला ल्याएर व्यवसाय सुरु गरेको हुँ । चल्लालाई रु १५ लाख परेको थियो । लगानी धेरै भइसक्यो । बिक्री फाट्टफुट्ट मात्रै हुन्छन्”, उहाँले भन्नुभयो ।

कालिज महँगो हुनुका साथै सानो बजार हुँदा बिक्रीमा समस्या हुन थालेको कठायतले बताउनुभयो । “बजार पनि सानो भयो । वर्षमा मुस्किलले चारदेखि पाँच सय वटासम्म बिक्री हुन्छन्”, उहाँले भन्नुभयो, । उहाँका अनुसार अहिले फार्ममा आठ सय कालिज छन् ।

एक वर्ष नपुग्दासम्म कालिज खानयोग्य नहुने भन्दै पोथीलाई रु एक हजार पाँच सय र भालेलाई रु दुई हजारमा बिक्री गर्ने गरेको कठायतले जानकारी दिनुभयो । “अहिले लगानीमात्रै बढिरहेका छ । चार हजार कालिज पाल्न मिल्ने फार्म बनाएको छु । फार्ममा चल्ला उत्पादनसमेत हुन्छन्”, उहाँले भन्नुभयो, “चल्ला पनि खासै बिक्री हुँदैनन् । वर्षमा दुई–तीन सय जति चल्ला बिक्री हुन्छन् ।”

अहिले फार्ममा स्थानीय जातका कुखुरासमेत पालन गर्न सुरु गरेको कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “फार्ममा धेरै कालिज पाल्न नसकिने अवस्था भयो । विगत तीन महिनादेखि चार सय स्थानीय जातका कुखुरापालन सुरु गरेको छु ।” व्यवसाय छाड्न पनि नसकिने काम गर्न पनि नसकिने अवस्था भएको उहाँको भनाइ छ ।

बजारमा कालिज खपत घटेसँगै व्यवसायीले व्यवसाय बढाउन नसकिरहेको जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा हेमराज अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा साना तथा ठूला गरी करिब २५ वटा कालिज फार्म सञ्चालनमा छन् । बिक्री कम हुने भएपछि धेरैजसो फार्मले माउ हुर्काउने, थप्ने गर्नुभएको छैन । खासमा बजारको समस्याले व्यावसायी मारमा परेका छन् ।” रासस