• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित



काठमाडौँ: नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबिच राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई अभिनन्दन–पत्रसहित खादा लगाएर सम्मान गर्नुभएको हो ।

अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी सिर्जना, सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको संघले जनाएको छ ।

“आफ्नो जन्म र प्रारम्भिक शिक्षा पश्चिम नेपालको विकट ग्रामिण समाजबाट प्रारम्भ गर्नुभई मुलुककै अर्थ, व्यापार, उद्योग, बैंकिङ, विप्रेषण, पर्यटन, जलविद्युत, विमा तथा समाजसेवाका क्षेत्रमा सफल साम्राज्य खडा गर्न सफल हुनुभएको छ । मलुलुको अर्थतन्त्र, भौतिक तथा मानवीय विकास, रोजगारी एवम् अनेकौ क्षेत्रको संरचना निर्माण, उत्थान र सञ्चालनमा यहाँको लगन, समर्पण, योग्यता र क्षमताको सम्मान स्वरुप यहाँलाई यो सम्मान प्रदान गरिएको हो,” अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताउनुभयो । उहाँले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिनुभएको छ ।