• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

पार्टी विभाजनविरुद्ध जसपा नेपाल आज अदालत जाँदै



काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपां) नेपाल आज पार्टी विभाजनविरुद्ध अदालत जाने भएको छ ।

पार्टी विभाजनविरुद्ध अदालत जाने औपचारिक निर्णय गर्न आज केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकले अदालत जाने निर्णय गर्ने छ ।

अशोक राईको नेतृत्वमा ७ सांसद र ३० केन्द्रीय सदस्यको मागअनुसार नयाँ दल दर्ता गराएको विषयमा अदालत जाने तयारी उपेन्द्र यादव समूहले गरेको हो । यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी छ ।

दल विभाजनसम्बन्धी कानुन नै नभएका बेलामा निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता दिएकोप्रति जसपा नेपालको असन्तुष्टि छ ।

अध्यक्ष यादव अमेरिका भ्रमणमा भएको बेलामा राईको नेतृत्वमा आइतबार निवेदन दिए लगत्तै आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो ।