• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

काठमाडौंको गौरीघाटमा आगलागी



काठमाडौं । काठमाडौंको गौरीघाटस्थित एक टहरामा आगलागी भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ७ गौरीघाटस्थित टेन्ट पण्डाल राखिएको एक टहरामा आगलागी भएको हो ।

बिहान ४ बजेदेखि लागेको आगो ६ बजे मात्र नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । आगलागीबाट टहरा नजिकै रहेका १/२ वटा घरमा पनि सामान्य क्षति पुगेको छ । चार वटा दमकलको प्रयोग गरी आगो नियन्त्रणमा लिएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । भौतिक क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।