२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द



अ+ अ-

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मङ्गलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन। बिरेनले बताउनुभएको छ ।

राज्यमा विगत दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको जनजीवन प्रभावित भएको छ ।

इम्फाल पश्चिम क्षेत्रको कान्चिपुर र तेरालगायत राज्यका विभिन्न भागमा असिनाले जस्ताको छानामा प्वाल परेकोले धेरै घर र सवारी साधनमा क्षति पुगेको द हिन्दू अखबारले रिपोर्ट गरेको छ । इम्फाल पश्चिम जिल्ला उत्तरपूर्वी भारतको मणिपुर राज्यको १६ जिल्ला मध्ये एक हो । यो राज्यको सबैभन्दा जनसङ्ख्या भएको जिल्लासमेत हो

राज्यमा विद्यमान मौसमी अवस्थाका कारण आज र भोलि सबै स्कूल र कलेजहरू बन्द रहनेछन् । वर्तमान मौसम अवस्थाले निम्त्याउने जोखिमविरुद्ध सावधानीका रूपमा यो निर्णय लिइएको मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो ।

उहाँले सबैलाई अपडेट रहन र घरभित्र सुरक्षित रहन आग्रह गर्दै राज्य सरकारले जीवन र सम्पत्तिको रक्षा गर्न र प्रभावितलाई सहयोग गर्न सबै आवश्यक उपायहरू गरिरहेको बताउनुभयो ।

यसैबीच भारतका केही भूभाग विशेषगरी पूर्वी, दक्षिणी र मध्य क्षेत्रमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।




भर्खरै